20 Aug, 2025, Wed ddcmorang@gmail.com (+977)-021442307
Latest News:
/ brief-introduction

brief-introduction

Updated at 20 May, 2024, Monday

सम्क्षिप्त परिचय

जिल्लाको संक्षिप्त परिचय

कोशी प्रदेश कै ऐतिहासिक गौरव बोकेको मोरंग जिल्ला जनसंख्याको दृष्टिकोणले नेपालको दोश्रो तथा विकास सूचकांकको आधारमा चौथो स्थानमा रहेको  छ । प्राचिनकालमा विराट राजाको राजधानी मोरंगमा  रहेको थियो भन्ने भनाई छ । कालान्तरमा यसै जिल्लामा “हाङ” नामक किराती राजाले राज्य संचालन गरेको पाइन्छ । त्यसबेला यस प्रशासनिक क्षेत्रलाई ‘मावरङ ” भनिन्थ्यो । पछि “मावरङ” भन्ने शब्द नै अपभ्रंश  भई मोरंग  भन्न थालिएको हो भन्ने किंवदन्ती रहेको  पाइन्छ  । अधिकाश भू-भाग तराइले ओगटेको यो जिल्ला पूर्वी नेपालको औधोगिक  एवं व्यापारिक केन्द्रको रुपमा परिचित छ । औधोगिक  नगरीको रुपमा परिचित यस जिल्लामा नेपालको पहिलो र ठूलो उधोग  “विराटनगर जुट  मिल” पनि पर्दछ।

मोरङ जिल्लाको आकृति उत्तर  दक्षिण लम्बाईमा झण्डै बर्गाकारको छ । जमिनको बनावट अनुसार यस जिल्लामा पहाड़ी क्षेत्र, भावर क्षेत्र र तराई क्षेत्र   रहेको  छ । उष्ण, अर्धउष्ण र समशीतोष्ण हावापानी भएको यस जिल्तामा अधिकतम् तापक्रम ४०.५ डिग्री से. देखि  न्यूनतम् ३.७ डिग्री से. सम्म पुग्दछ । बार्षिक औषत वर्षा  १८१२ मि.मि. हुने गरेको छ । पहाडी सण्ड निकै विकट रहेता पनि फलफूल तथा तरकारी उत्पादनमा क्रमश : विकसित बन्दैछ। बीचको भावर क्षेत्रमा माटो कम्ति भई ढुङ्गेनि भएकोले केही स्थानाहरूमा उत्पादन कम हुन्छ । तराई क्षेत्र  समथल तथा मालिलो भएकाले धान, मकै, गहुँ जस्ता कृषिबाली रामरी उत्पादन हुन्छ । 

महाभारतकालीन  विराट राजाको दरबार, राजारानी धिमाल पोखरी , गोविन्दपुरको सूनवर्षी पोखरी, हरैचाको  किच्चक  गढि  लगायत डाईनियाको हरिशचन्द्र गडी आदि जस्ता ऐतिहासिक स्थलहरु रहेको मोरंग  जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अघि बढ्दै गएको छ । सांस्कृतिक विविधता तथा विभिन्न जात जातिको बसोबास भएकोले आ-आफनै भेषभुषा तथा रहनसहन र संस्कृति यहाँ  देख्न सकिन्छ । उत्पादन अवसरको उपलब्धता तथा शहरीकरणको बढ्दो प्रभावका कारण अन्य जिल्लाबाट बसाई सरेर आउने क्रम बढदो छ।

 जिल्लाको समष्टिगत बस्तुस्थिति

 भौगोलिक अवस्थिति

पुर्व                            झापा र इलाम (मावा खोला )

पश्चिम                     सुनसरी जिल्ला (बुढी / केसलिया खोला )

उत्तर                       धनकुटा ,पाँचथर

दक्षिण                      बिहार प्रान्त ,भारत

अक्षांश                      २६  ° २०”  उत्तर देखि २६° ५३” उत्तर

देशान्तर                    ८७° ११”  पुर्वदेखि ८७° ४१” पुर्व

क्षेत्रफल                      १८५५ वर्ग कि. मि

औषत लम्वाई             लगभग ४६ कि .मि( पुर्व पश्चिम )

औषत चौडाई               लगभग ५४ कि .मि  (उत्तर दक्षिण )

उचाई                           समुन्द्र सतहबाट करिब ६० मि. देखि २४१० मि . सम्म

१.२.२ राजनैतिक क्षेत्र बिभाजन

कोशी प्रदेश                        १ अस्थायी संचालन केन्द्र( राजधानी)

जिल्ला सदरमुकाम          बिराटनगर

प्रतिनिधि सभा                  ६

प्रदेश सभा                         १२

महानगरपालिका               १

नगरपालिका                      ८

गाउँपालिका                       ८



More Notices

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ श्रावण २६ गते सोमबार