स्थानीय तह पुनर्संरचना सम्बन्धी सुझाब फारम

नेपाल राज्यको मुल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था नेपालको संविधानले गरेको छ । राज्य शक्तिको प्रयोग उक्त तीन वटै तहवाट एकल तथा सहकार्यात्मक ढंगले हुने गरि संविधानको अनुसूचि ५, ६, ७, ८ र ९ मा विभिन्न तहका अधिकारहरु वाडफाड गरिएको छ |संविधानप्रदत्त अधिकारहरुको अभ्यासका लागि सक्षम तथा सुदृढ स्थानीय तहको संरचना तयार पार्ने उद्देश्यले संविधानको धारा २९५(३) अनुसार मोरङ जिल्लाको गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण गर्न स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति गठन भएको छ | समितिको सचिवालयका रुपमा जिल्ला विकास समितिको कार्यालय मोरङ रहेको छ | उक्त समितिको काममा सहयोग पुर्याउन तथा आफ्नो जिल्लाको स्थानीय तहको पुन:र्संरचनामा आफ्नो बहुमुल्य सुझाव दिन यो फारम भरेर सहयोग गर्नुहुन अनुरोध छ |

सुझाब दिनको लागि यहाँ click गर्नुहोस  !

Skip to toolbar