
जिविस मोरङ, विषयगत कार्यलयहरु, गाउ विकास समितिहरु र अन्य गैर सरकारी संघसंस्थाहरुबाट गत आर्थिक बर्ष २०७२/०७३ मा सम्पादन गरिएका मुख्य योजना तथा कार्यक्रमहरुको भौतिक तथा वितिय प्रगतिबारे सम्पूर्ण जिल्लावासी, पत्रकार, राजनैतिक दललाई जानकारी गराई जिल्लाको काम कारवाहीलाई खुल्ला र पारदर्शी बनाउने उद्धेश्यले मिति २०७३ कार्तिक २६ गते जिविस हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।