मोरङ जिल्लामा अवस्थित पर्यटकीय गंतव्यहरु

१.बेतेनी                                                           

 

 

 

 

 

 

बेतेनी ताल ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय महत्त्व बोकेको पर्यटकीय स्थल हो। मोरङको साविक  मधुमल्ला गाविस वडा नम्बर ५ हाल मिक्लाजुङ गा.पा वडा नं ६ मा रहेको यो तालको क्षेत्रफल २ बिगाहा छ। सदरमुकाम विराटनगरबाट उत्तरपूर्वमा करिब ५३ किलोमिटरको दुरीमा रहेको यस स्थानको मुख्य आर्कषण पोखरी, चराचुरुड्गी, जङ्गल आदि हुन।

२.बाघ झोडा

बागझोडा पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण स्थान हो। इन्द्रपुर गाविसको वडा नम्बर ५ मा अवस्थित यो क्षेत्रको क्षेत्रफल करिब ५ बिगाहा रहेको छ। सदरमुकाम विराटनगर देखि करिब ३२ किलोमिटर उत्तरपूर्वमा रहेको यो स्थान प्राकृतिक दृष्यावलोकनका लागि प्रख्यात छ।

Skip to toolbar